Thursday, March 11, 2010

परिचय

अहिले यस नयाँ नेपालको परिस्थितिमा देशले आर्थिक क्रान्तिको सुरुवात गरेको छ । यसै क्रममा युवाहरुको सकि्रय आर्थिक संलग्नता स्वरुप यस भिमसेन बचत तथा ऋण समूहको स्थापना भएको हो ।
यस समुह 'आजको बचत भोलिको आवश्यकता' भन्ने नाराबाट उत्प्रेरित भई अगाडि बढेको छ । जसरी थोपा-थोपा मिलेर समुन्द्र बन्दछ त्यसरी नै सानो बचतले तपाईको ठूलो आवश्यकता पूरा गर्दछ । त्यसैले यस समूहले तपाईहरुको त्यही सानो बचतको संकलनबाट ठूलो पँुजी निर्माण गरी समाज र राष्ट्रको हितको लागि कार्य थालनीको जमर्को गरेको छ ।
मिति २०६३/११/०१ मा स्थापना भएको यस भिमसेन बचत तथा ऋण समूह निकट भविष्यमा छिट्टै सहकारी ऐनमा दर्ता गरी उत्कृष्ट सेवा प्रदान गरी जाने सोचका साथ अघि बढिरहेको छ ।

No comments:

Post a Comment